बुधबार, ३१ भाद्र, २०८३

रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

२०८३ भदौ ३१ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार शीर्ष नेतृत्वबिच सर्वदलीय बैठक बस्ने भएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

देशमा आइपरेका प्राकृतिक विपद्को सामना, जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने छलफल हुने बताइएको छ ।

पछिल्लो समय भोटेकोशी बाढी तथा विभिन्न क्षेत्रमा गएको भूकम्प र पहिरोजस्ता प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेको सन्दर्भमा दलीय राजनीतिभन्दा माथि उठेर साझा धारणा बनाउन यो पहल गरिएको हो ।

advertisement_1676551694.gif