राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८३ भदौ ३० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको सर्वदलीय बैठक आह्वान गरेका छन् ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो ।
यसअघिको सर्वदलीय बैठकले निर्णय गरे तापनि हालसम्म निर्माण हुन नसकेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा केन्द्रित रहेर छलफल गर्न यो बैठकको आयोजना गरिएको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।