बुधबार, ३१ भाद्र, २०८३

सप्तकोशीमा जल सतह उच्च, ब्यारेजका २१ ढोका खोलिए

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

सप्तकोशीमा जल सतह उच्च, ब्यारेजका २१ ढोका खोलिए

२०८३ भदौ ३० काठमाडौं ।सप्तकोशी नदीमा जल सतह बढेर केही समययताकै उच्च विन्दुमा पुगेको छ। कोशी परियोजनाका अनुसार पहाडी जिल्लाहरूबाट सप्तकोशीमा मिसिने सहायक नदीहरूमा बहाव बढेसँगै मङ्गलवार बेलुकी ६:१५ बजे नदीको बहाव एक लाख ७१ हजार ७१५ क्युसेक मापन गरिएको छ।

जलस्तर लगातार बढेपछि सुरक्षा र नियन्त्रणलाई ध्यानमा राख्दै सप्तकोशी ब्यारेजका २१ वटा ढोकाहरू खोलिएका छन्। बहाव उच्च भएपछि ब्यारेज माथिबाट हुने भारी सवारी साधनको आवतजावतलाई नियन्त्रण गर्दै पालैपालो सञ्चालन गर्न दिइएको परियोजनाले जनाएको छ।

advertisement_1676553908.gif