बुधबार, ३१ भाद्र, २०८३

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

२०८३ भदौ ३० काठमाडौं । सभामुख डोल प्रसाद  अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल पार्लियामेन्ट’को अवधारणाअनुरूप विकास गर्ने सम्बन्धमा हालसम्म भएका कार्यप्रगति र आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराइएको थियो ।

डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले आगामी २०८३ भदौ ३१ गते बुधबार परीक्षणको शुभारम्भ गरिने जानकारी बैठकमा दिइएको थियो ।

सो सम्बन्धमा समितिका माननीय सदस्यहरूले विभिन्न राय, सुझाव तथा परामर्श दिएका थिए । बैठकमा प्राप्त सुझावलाई समेट्दै डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

advertisement_1676553908.gif