बुधबार, ३१ भाद्र, २०८३

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

२०८३ भदौ ३० काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुंगा कारमाथि बजारिँदा दुई जना घाइते भएका छन् ।

मंगलबार बेलुकी करिब साढे ६ बजे तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिर ९झरना० नजिकै सडक माथिबाट अचानक ढुंगा खस्दा पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको कारमा लागेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार ढुंगा लागेर कारमा सवार दुई जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको र चालक सकुशल रहेको उनके जानकारी दिए ।

दुर्घटनामा कारमा सवार बुटवल उपमहानगरपालिका–७, दिपनगर क लाइनकी ३७ वर्षीया जुलन गैरे र बुटवल उपमहानगरपालिका–जेसिज चोक बस्ने ६२ वर्षीया राधिका ढकाल गम्भीर घाइते भएकी छन् । घाइतेको बुटवल अस्पताल प्रालिमा उपचार भइरहेको छ ।

चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका–२, कोलुवाका ३६ वर्षीय राजकुमार लोध सामान्य घाइते छन् । माथिबाट अचानक खसेको ढुंगाले कारमा ठोक्किँदा कारमा ठूलो क्षति पुगेको छ । ढुंगा लागेपछि कार क्षतविक्षत बनेको प्रहरीले जनाएको छ ।

advertisement_1680627706.gif