बुधबार, ३१ भाद्र, २०८३

भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार ३९९ जनाको शव फेला, अझै पाँच हजार १७९ जना सम्पर्कविहीन

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार ३९९ जनाको शव फेला, अझै पाँच हजार १७९ जना सम्पर्कविहीन

२०८३ भदौ ३१ काठमाडौं । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । बाढीपश्चात् अझै पाँच हजार १७९ जना सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको छ ।

उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

हालसम्म फेला परेका शवमध्ये १०४ को सनाखत भइसकेको छ । बाँकी शवको पहिचानका लागि ‘डिएनए’ परीक्षण लगायत प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ ।

advertisement_1676551537.gif