मंगलवार, ५ कार्तिक, २०८२

काम्ने रोग

आर.बी. निश्‍चल, आईतवार, २८ फाल्गुन, २०७९

काम्ने रोग

हावाले रूख हल्लिँदा पनि

कतै मैले छोएकोले गर्दा नै

ती कामेका हुन कि झैँ

लाग्छ

भुकम्प जाँदा पनि कतै मेरै स्पर्शले तर्सेर

धर्ती कामेकी हुन् कि झैँ

लाग्छ

लाग्छ- ममा कतै विद्दुत

शक्ति पो छ कि?

नत्र ता मसँग छोइँदा पुजारी

किन काम्छ?

काम्दै तर्सेर मान्छे मदेखि टाढा

किन भाग्छ?

आर.बी. निश्‍चल

advertisement_1676551694.gif