बुधबार, १८ चैत्र, २०८२

प्रधानमन्त्री बालेनसँग राष्ट्र बैंकका गभर्नरको भेट

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

प्रधानमन्त्री बालेनसँग राष्ट्र बैंकका गभर्नरको भेट

२०८२ चैत्र १७, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार  गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिए । 

सो क्रममा भेटमा गभर्नर पौडेलले रिक्त डेपुटी गभर्नर नियुक्तिको विषयमा उठाएका थिए । झन्डै एक महिनादेखि डेपुटी गभर्नर रिक्त भएको भन्दै समयमा नियुक्ति गरिदिए काम गर्न सजिलो हुने गभर्नरले बताएका थिए ।

भेटमा प्रधानमन्त्री बालेनले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्यादेखि रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्र अवस्थाबारे चासो राखेको राष्ट्र बैंक स्रोतले जनाएको छ । त्यस्तै, राष्ट्र बैंकले गर्नुपर्ने काममा भएका अप्ठ्यारा र त्यसमा सरकारले गर्नुपर्ने सहजीकरणको बारेमा समेत बताइएको छ । 

advertisement_1676551537.gif