बुधबार, १८ चैत्र, २०८२

निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण : प्रचण्ड

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण : प्रचण्ड

२०८२ चैत्र १७, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो निर्वाचनमा आफ्नो दलले अपेक्षाकृत कम सिट प्राप्त गरे पनि उठाइएका राजनीतिक एजेन्डाले सफलता हासिल गरेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतका आन्दोलन र संघर्षमार्फत महिला तथा उत्पीडित समुदायका अधिकार सुनिश्चित भएको दाबी गरे । उनका अनुसार जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया तथा संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा आफ्नो नेतृत्वको भूमिका निर्णायक रहेको छ ।

उनले वर्तमान सरकारप्रति पनि सहयोगात्मक धारणा व्यक्त गर्दै बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई रचनात्मक ढंगले साथ दिने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीहरूको प्रतिनिधित्वका सन्दर्भमा अहिले आफू मात्रै प्रतिनिधिसभामा रहेको उल्लेख गर्दै उनले यस अवस्थालाई चुनौतीसँगै अवसरका रूपमा लिएको बताए । संसद्भित्र सुशासन सुदृढीकरण र व्यवस्थाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

advertisement_1680627680.gif