राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८२ चैत्र १७, काठमाडौं।वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट अन्त्य गर्दै सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।अब वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाहरूबाट पनि स्वास्थ्य परीक्षण गराउन पाउनेछन्।
यसअघि सीमित स्वास्थ्य संस्थाहरूबाट मात्र परीक्षण हुने गरेकोमा अब सरकारी अस्पतालहरू समेत सहभागी हुन पाउने भएपछि सिन्डिकेट हटेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इच्छुक सरकारी र स्वीकृत स्वास्थ्य संस्थाहरूलाई सूचीकरणका लागि आह्वान गरेको छ।
यो प्रक्रिया 'स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२' बमोजिम अघि बढाइएको हो।लागतमा सहुलियत: निजी संस्थाहरूले श्रमिकबाट महँगो शुल्क असुलेको गुनासो आएपछि सरकारले श्रमिकलाई आर्थिक भार कम गर्न र सेवालाई थप व्यवस्थित बनाउन यो कदम चालेको बताइएको छ ।