राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ साउन ०६, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विपद्का ६६ वटा घटना घट्दा ५२ जिल्ला प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहानदेखि मंगलबार बिहानसम्म संकलन गरेको विवरणअनुसार यी घटनामा परी दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा पहिरोका १७, अविरल वर्षाका १०, सर्पदंशका आठ, आगलागीका सात, बाढीका छ, भूकम्पका दुई तथा चट्याङ र जनावर आक्रमणका एक-एक वटा घटना दर्ता भएका छन् ।
यी विपद्का कारण देशभर गरी कुल १० लाख ७४ हजार ५०० रुपैयाँ बराबरको भौतिक क्षति हुनुका साथै सात स्थानमा सडक अवरुद्ध भएको थियो ।
वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
जोखिमयुक्त स्थानमा नजान र पूर्वमौसमसम्बन्धी अध्यावधिक जानकारी लिएर मात्रै यात्रा तय गर्न प्राधिकरणले सर्वसाधारण सबैमा ध्यानाकर्षण गराएको छ ।