राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ असोज ०२ काठमाडौँ I भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ ।
भेटमा नेपाल-भारत सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय हित र सहकार्यका विषयमा कुराकानी भएको जनाइएको छ । दुई मन्त्रीबीच आर्थिक सम्बन्ध र आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।
भेटमा नेपाल-भारतबिचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उनीहरूले छलफल भएको बताइएको छ ।
अर्थमन्त्री वाग्लेले भारत भ्रमणका क्रममा त्यहाँका राजनीतिक नेतृत्व, कूटनीतिज्ञ, अर्थशास्त्री तथा रणनीतिक मामिलाका विज्ञसँग संवाद गरिरहेका छन् ।