शनिबार, ३ आश्विन, २०८३

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

२०८३ असोज ०२ हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी छन् ।

नवनियुक्त मन्त्री आलेमगरलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री किरण थापामगरले शुक्रबार उहाँलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित आलेमगर यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिसकी छन् ।

advertisement_1676551537.gif