शुक्रबार, ५ भाद्र, २०८३

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

२०८३ भदौ ०४ हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।

थापाले तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्‍तै प्रदेश प्रमुख देवकोटाले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

advertisement_1680627680.gif