राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ ०२, काठमाडौँ । भारतीय सेनाअध्यक्ष तथा नेपाली सेनाका मानार्थ सेनापति धीरज सेठले भोलि प्रधानमन्त्ती बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटघाट मंगलबार हुनेछ ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी (सेनापति) को दर्जा प्रदान गरेका थिए । प्रमुख सेठ आइतबार काठमाडौँ आएका थिए ।
गत जुन ३० मा भारतीय सेनाको नेतृत्वमा सम्हालेका जनरल सेठले कार्यभार सम्हालेको ६ महिनाभित्रै पहिलो विदेश गन्तव्यका रुपमा नेपाल आएका हुन् ।