राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ ०२, काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ ।
बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।
त्यस्तै, आज पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरबारे छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजेदेखि बस्नेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहान साढे १० बजेदेखि बस्ने बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकनको विषयमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, आज बिहान ११ बजेदेखि बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।