मंगलवार, २ भाद्र, २०८३

किशोर श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले दिइन् उजुरी

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

किशोर श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले दिइन् उजुरी

२०८३ भदौ ०१, काठमाडौँ । पत्रकार किशोर श्रेष्ठविरूद्व उपसभामुख रुबी ठाकुरले प्रहरीमा उजुरी दिएकी छिन् ।

जनआस्थामा केही दिनअघि प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा तथा सामाजिक मर्यादामा असर पुर्‍याएको भन्दै ठाकुरले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी हुन् ।

जाहेरी अध्ययनकै क्रममा रहेको प्रहरीले जानकारी दिएको छ । यसअघि सांसद अमरकान्त चौधरीसँग अवैध सम्बन्धबारे समाचार लेखेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिएको थियो ।

दिपिका सिंह नामक युवतीले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन् ।

advertisement_1676551694.gif