शुक्रबार, १५ फाल्गुन, २०८२

एमाले एक्लै चुनावी मैदानमा रहछ : अध्यक्ष ओली

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

एमाले एक्लै चुनावी मैदानमा रहछ : अध्यक्ष ओली

२०८२ फागुन १४, झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा जारी घरदैलो अभियानका क्रममा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्न आमनागरिकको पूर्ण साथ रहेको बताए ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका ओली हाल आफ्नो क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदाताहरूसँगको भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन् ।

advertisement_1676998982.gif