शुक्रबार, १५ फाल्गुन, २०८२

निर्वाचन देश बनाउने सङ्कल्पको जनमत होः नेता पोखरेल

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

निर्वाचन देश बनाउने सङ्कल्पको जनमत होः नेता पोखरेल

२०८२ फागुन १४, काठमाडौं । काठमाडौं निर्वाचन–५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरुले देश बनाउने सङ्कल्पको जनमतका रुपमा लिएको बताएका छन् ।

सो क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिका–३ स्थित चुनावी कार्यक्रममा नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आफूहरु देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा रहेको स्पष्ट गरे ।

उनले विकास र राजनीतिक स्थायित्वको प्रमुख एजेण्डा एमालेसँग रहेको तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको बताए ।

नेता पोखरेलले आफू झण्डै तीन दशकदेखि काठमाडौं–५ मा सक्रिय रहेको र यहाँका जनताको सेवाका लागि कटिबद्ध रहेको उल्लेख गरेका छन्  ।

advertisement_1676998982.gif