शुक्रबार, १५ फाल्गुन, २०८२

स्वास्थ्य,शिक्षा र पर्यटनको विकास नै तानसेनको बिकास हो: उम्मेदवार श्रेष्ठ

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

स्वास्थ्य,शिक्षा र पर्यटनको विकास नै तानसेनको बिकास हो: उम्मेदवार श्रेष्ठ

२०८२ फागुन १४, पाल्पा । पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार हिमालदत्त श्रेष्ठले तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालको दीर्घकालिन, योजनाबद्ध बिकासले नै पाल्पा र तानसेनको बिकासमा टेवा पुग्ने बताएका छन् ।

उम्मेदवार श्रेष्ठले तानसेन  नगरपालिका भित्रका विभिन्न वार्डहरुमा चुनावी भेटघाट तथा घरदैलोको अभियानका क्रममा आफ्नो कार्य योजना बताउदै मतदाताहरुसंग भेटघाटको क्रममा तानसेनमा स्वास्थ्य,शिक्षा र पर्यटनको प्रमुख गन्तव्यको रूपमा आगाडी सार्ने बताएका हुन् ।

उनले तानसेन पर्यटनको व्यापक सम्भावना बोकेको स्थान भएकाले संघीय सरकारले नीति निर्माण गर्ने र स्थानीय सरकारले पर्यटनको बिकास गर्नुपर्ने धारणा राखे । उम्मेदवार श्रेष्ठले संघीय संसदले नै बिकासका काम गर्ने धारणा बिकास भएको अब सांसदले बिकासमा बाधक रहेका कानुन परिबर्तन गरि छिटो गर्ने नीतिनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । घरदैलो कार्यक्रम गर्ने क्रममा उम्मेद्वार श्रेष्ठले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा तथा विकास योजनाबारे जानकारी गराए ।  

नेता तथा कार्यकर्ताहरूले घरघरमा पुगेर मतदातासँग छलफल गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनका लागि अपिल गरेका थिए । स्थानीयवासीहरू यस पटक पाल्पाका युबा उम्मेदवार हिमालदत्त श्रेष्ठलाई रुख चिन्हमा मतदान गरि बिजय गराउने अठोट गरेको बताए ।
घरदैलोको क्रममा भुकम्प र कोरोना महामारीको कठिन समयमा उहाँले देखाउनुभएको सक्रियता र मानवीय सहयोगलाई आम मतदाताले उच्च मूल्याङ्कन गरेको पाइएको छ ।

advertisement_1676553908.gif