राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८२ फागुन १४, काठमाडौं । सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीशहरू कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्दै बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको हो ।
प्रहरीले बास्तोलालाई फागुन ६ गते पक्राउ गरेको थियो । फागुन २१ गते हुने निर्वाचन भाँड्ने प्रयास गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउ गरेपछि उनी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए ।
प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सोमबार कारण देखाउ आदेश मात्रै जारी गरेको थियो । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई छाड्न आदेश दिएको हो ।