राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ भदौ ०३ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री शाहीको विश्वासको मतको पक्षमा २१ मत परेको थियो, जुन ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक संख्या हो ।
आजको मत विभाजन प्रक्रियामा ३६ सांसद सहभागी भएकोमा प्रस्तावको पक्षमा २१ र विपक्षमा १३ मत परेको थियो । त्यस्तै २ मत तटस्थमा परेको थियो ।
गत १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीले अहिलेसम्म मन्त्रिपरिषद्को विस्तार भने गर्न सकेका छैनन् । आजै प्रदेश सभाको बैठक अघि सत्ता गठबन्धनमा रहेको एमालेसँग मन्त्रालयको भागबण्डामा कुरा मिलेकाले छिट्टै सरकार विस्तार हुने अनुमान गरिएको छ । सहमति अनुसार नेकपा र एमालेले ३-३ मन्त्रालय लिने सहमत भएका छन् ।