बुधबार, ३ भाद्र, २०८३

प्रधानमन्त्री शाह र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

प्रधानमन्त्री शाह र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता

२०८३ भदौ ०३ काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका मुख्य काम र अपेक्षित उपलब्धि हासिल गर्न मन्त्रीहरू तथा मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र सम्बन्धित मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित मुख्य काम तथा उपलब्धिलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

प्रधानमन्त्री शाहले सरकारका लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै परिणाममुखी सेवा प्रवाहमा जोड दिएका छन्। सम्झौतामार्फत मन्त्रीहरूको जिम्मेवारी र चालु आर्थिक वर्षमा हासिल गर्नुपर्ने उपलब्धिलाई स्पष्ट पारिएको छ ।

यसै क्रममा प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

सरकारले कार्यसम्पादन सम्झौतामार्फत मन्त्रालय र उच्च प्रशासनिक तहलाई थप जिम्मेवार बनाउँदै तोकिएका लक्ष्यअनुसार कामको मूल्यांकन गर्ने तयारी गरेको छ ।

advertisement_1676553851.gif