सोमबार, १६ चैत्र, २०८२

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा पक्राउ

२०८२ चैत्र १६, काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन् । एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ । बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समय उनको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो ।

धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए।   उनी प्रधानमन्त्री भएलगत्तै शर्मामाथि धरपकड गरिएको हो ।

advertisement_1676553908.gif