सोमबार, १६ चैत्र, २०८२

पुर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

पुर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

२०८२ चैत्र १५, काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज बिहान पक्राउ परेका खड्कालाई म्याद लिन जिल्ला अदालत काठमाडौं लगिएकोमा न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पूर्व उर्जामन्त्री रहेका खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसमेत रहेका खड्कालाई भदौ २४ गते भएको ‘जेन जेड’ आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको बताइएको छ । सो आन्दोलनका बेला उनको निवासमा भएको तोडफोड तथा आगजनीपछि त्यहाँबाट जलेको अवस्थामा रकम फेला परेको विषय अनुसन्धानको मुख्य आधार बनेको छ ।

यस प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाइरहेको छ । विभागले घटनास्थलबाट जलेका नोटका अवशेष तथा खरानी संकलन गरी परीक्षणका लागि सुरक्षित गरेको जनाएको छ ।

advertisement_1676551694.gif