राष्ट्रिय सन्देश संबाददाता, ११ घण्टा पहिले
२०८२ चैत्र १५, काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने न्यूनतम उमेर थप वृद्धि गर्ने प्रस्ताव अघि सारिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा यस्तो सिफारिस गरिएको हो ।
उक्त मार्गचित्रले हाल कायम गरिएको उमेर सीमालाई पुनरावलोकन गर्दै भत्ता पाउने उमेर ७५ वर्षसम्म पुर्याउन सुझाव दिएको छ । यसअघि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा ७० वर्ष निर्धारण गरेको थियो ।
२०७९ सालको निर्वाचनअघि पनि भत्ता वितरणको उमेर ७० वर्ष नै कायम थियो । तर त्यसअवधिमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उमेर घटाएर ६८ वर्षमै भत्ता उपलब्ध गराउने व्यवस्था गरेको थियो ।

सामाजिक सुरक्षा भत्तामा राज्यको दायित्व क्रमशः बढ्दै गएको सन्दर्भमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले यसअघि नै उमेर सीमा बढाउन सुझाव दिएको थियो ।