राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८२ मंसिर २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताएका छन् ।
विघटित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको बैठकमा आज उनले संसद् पुनस्र्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू पुनस्र्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने बताए ।
बैठकमा सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सङ्कटको अवस्थामा एमालेको भूमिका नै देशको भविष्यमा निहित छ भन्नेसबैले बुझ्नुपर्नेमा जोड दिए ।
पार्टीका महासचिव शङ्कर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।