बिहीबार, १२ मंसिर, २०८२

मधेशका मुख्यमन्त्री नियुक्तिको बिषयमा आज सर्वोच्चले फैसला दिने

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

मधेशका मुख्यमन्त्री नियुक्तिको बिषयमा  आज सर्वोच्चले फैसला दिने

२०८२ मंसिर ११ ,काठमाडौँ सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिविरुद्धको रिट निवेदनमा आज फैसला सुनाउने तयारी गरेको छ । संविधानको धारा १६८(३) अन्तर्गत यादवको नियुक्ति असंवैधानिक भएको तर्क गर्दै मधेश प्रदेश सभाका सात पक्षले रिट दायर गरेपछि मंसिर ३ गते दुवै पक्षलाई छलफलमा बोलाएर, आवश्यक कागजात झिकाएर मंसिर ११ गते अन्तिम निर्णय दिने फैसला गरेको थियो ।

मंसिर ३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विपक्षीहरूबाट लिखित जवाफ पेस गर्न लगाई मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो ।

यसैबीच, अदालतले संवैधानिक मूल्यमान्यता र संसदीय मान्यतामा रहेर मुद्दाको अन्त्य नभएसम्म मुख्यमन्त्री यादव र उनको मन्त्रिपरिषद्लाई कुनै पनि नीतिगत वा दीर्घकालीन निर्णय गर्नबाट रोक लगाएको छ।

७४ जना प्रदेश सांसदले नियुक्तिविरुद्ध अदालतमा निवेदन दिएका थिए। राजनीतिक उथलपुथलको बीचमा, सात पक्षले दुई तिहाइ बहुमतले सभामुख रामचन्द्र मण्डललाई पनि पदबाट हटाएका थिए। थप रूपमा, यादवलाई नियुक्त गर्ने पूर्व प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदबाट बर्खास्त गरेका थिए।

advertisement_1680627680.gif