राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ११ मंसिर, २०८२
२०८२ मंसिर १०, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्ग्सको पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ४८ रनले हराएको हो ।
चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भयोे। विराटनगरका मर्चेन्ट डे ल्याङ्गले ३९ तथा प्रतिश जिसीले ३० रन बनाए। चितवनका रंजित कुमारले ५ विकेट लिए। यस्तै कमलसिंह ऐरीले दुई विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो। चितवनका रवि बोपाराले ६५ रनको अर्धसतकीय पारी खेले।
विराटनगरको यो पहिलो हार हो भने चितवनको दोस्रो जित हो।