बिहीबार, १२ मंसिर, २०८२

एनपीएल अन्‍तर्गत आज लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखराबिच प्रतिस्पर्धा हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

एनपीएल अन्‍तर्गत आज लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखराबिच प्रतिस्पर्धा हुँदै

२०८२ मंसिर ११, काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ ।

रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अंक तालिकाको छैटाैं स्थानमा छ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अंक बटुलेको छ ।

अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।

advertisement_1676551537.gif