मंगलवार, १७ असार, २०८२

रुपन्देही ३ मा कार्तिक १७ गते उप निर्वाचन

राष्ट्रिय सन्‍देश संबाददाता, २० घण्टा पहिले

रुपन्देही ३ मा कार्तिक १७ गते उप निर्वाचन

१६ असार २०८२, काठमाडौं । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।

बोहोराको गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif