शनिबार, १२ जेष्ठ, २०८१

advertisement_1712329002.jpg

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानद्वारा दुई जना साहित्यकार सम्मानित ।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २० आश्विन, २०८०

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानद्वारा दुई जना साहित्यकार सम्मानित ।

नेपालगन्ज, (बाँके) पवन जायसवाल । बाँकेको कोहलपुरमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले एक भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी साहित्यकार डा.नारायण प्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषीलाई असोज २० गते सम्मानित गरिएको छ ।

कर्मयोगी बद्री विक्रम थापाको नाममा स्थापित कर्मयोगी बद्री विक्रम पूर्णिमा वाङ्मय पुरस्कार–२०८० बाट डा.नारायण प्रसाद शर्मा गैरे र कर्मयोगी बद्री विक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार–२०८० बाट कवि नवीन अभिलाषीलाई जनही नगद राशी रू.२० हजार ५रुपैयाले सम्मानित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि, गोरखापत्रका पूर्व प्रधान सम्पादक, साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पश्चिम क्षेत्र साहित्य प्रतिको लोभलाग्दो सक्रियताले आफुहरूलाई थप उर्जामिलको बताउनुभएको छ । उहाँले कर्मयोगी बद्री विक्रम थापा जहा–जहाँ आफ्नो कार्यको सिलसिलामा रहनु भयो त्यै जिल्लामा साहित्य लगायतका सेवा सम्बन्धि काममा पुरस्कार स्थापना गर्दै आएको बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल प्राज्ञ प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मीले सम्मानित स्रष्टालाई बधाई दिँदै साहित्यको उन्नयनमा प्रतिष्ठानले गर्दै आएको अभियानले आफ्नो युवावस्थाको जोश, सक्रियता सम्झाएको बताए । उनले, पश्चिम नेपालको साहित्यको केन्द्रका रूपमा कोहलपुरको साहित्य रहेको पनि बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले यसरी हरेक पटक साहित्यको कार्यक्रम सहभागी हुन पाउँदा आफू र साहित्य नगरीको रूपमा कोहलपुर चिनिएको खुशी व्यक्त गरेका थिए । उहाँले, यसपटकको बजेटमा साहित्यको विकासका लागि रकम विनियोजन गरेको बताउँदै वाङ्मय प्रतिष्ठान गठनका लागि आफुहरू छलफलमा रहेको समेत बताएका थिए ।

पूर्णिमा साहित्य प्रतिष्ठानलले यसअघि वाङ्मय पुरस्कार कलाकार प्रेमदेव गिरी र युवा प्रतिभा पुरस्कार शेखर दहितलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले बताएका थिए । उहाँले भाषा, कला, साहित्यमा निरन्तर सक्रिय रूपमा लाग्दै आएका व्यक्तिहरुलाई सम्मान गरिँदै आएको बताए ।

कार्यक्रममा डा.देवेन्द्र आचार्यले गजल, शान्ति अधिकारीले मुक्तक, बद्री ढकाल हिरामणिले हाइकू, चन्द्रावती अधिकारीले छन्द कवि, लक्ष्मण मानवले गद्य कविता, निरन्जना चन्द निरूले साइनो, शान्ति सुनारले गीत र निकिता बोहराले बाल कविता वाचन गरेका थिए ।

कार्यक्रम नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, शशीराम कार्की, हरि तिमिल्सिना, साहित्यकारहरू सृजन लम्साल, डा.जनार्दन आचार्य, किरण आचार्य, तिलक न्यौपाने, सागर गैरे, सुमित्रा न्यौपाने, खोपीराम वली, पुष्कर रिजाल, प्रकाश मरासिनी, ईश्वरी प्रसाद रिजाल, कल्पना खरेल जिज्ञासु, सन्तोषी विष्ट लगायत २ सय  बढी साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानद्वारा दुई जना साहित्यकार सम्मानित ।

advertisement_1676551694.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg