बिहीबार, १४ कार्तिक, २०८२

ओली सरकारले गरेको मन्त्रिपरिषद्का निर्णय २४ घण्टापछि मात्र सार्वजनिक गरिने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३२ असार, २०८१

ओली सरकारले गरेको मन्त्रिपरिषद्का निर्णय २४ घण्टापछि मात्र सार्वजनिक गरिने

काठमाडौं, असार ३१ । सरकारले अब मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब २४ घण्टापछि मात्र सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्ता सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ ।

पहिलो मन्त्रिपरिषद्का निर्णयहरुबारे सञ्चारकर्मीहरूलाई जानकारी दिएका उनले अबका दिनमा भने २४ घण्टापछि मात्र सार्वजनिक गर्ने बताए । कुनै पनि निर्णय परिपक्व हुन समय चाहिने भएकाले यस्तो निर्णय गरेको उनले बताए ।

यदि सार्वजनिक महत्वको कुनै निर्णय सार्वजनिक गर्नुपरे मन्त्रिपरिषद् नै निर्णय गरेर बाहिर ल्याउने उनले बताए । बैठकको भोलिपल्ट मन्त्री गुरुङले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने भएका छन् ।

advertisement_1680627680.gif