बिहीबार, ९ जेष्ठ, २०८२

सिमलताल घटना: तीनवटै शवको पहिचान

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३१ असार, २०८१

सिमलताल घटना: तीनवटै शवको पहिचान

चितवन, असार ३० । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती  तीनवटै शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको जिल्‍ला कार्यालय प्रहरी कार्यालय चितवनले जनाएको छ । 

शनिबार भेटिएका दुई वटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

प्रवक्ता रिजालअनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ । मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ । गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको छ । मृतकका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ । दुई शव शनिबार नै आफन्तलाई जिम्‍मा लगाईएको जिल्‍ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी खसेको बस सहित यात्रुहरू बोकेको वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूली नदिमा पहिरामा परी त्रिशूलीमा बगेका थिए ।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।  सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहित टोली साथै सुरक्षा फौज उनीहरूको खोजीकार्यमा शुक्रबार बिहान देखि जारी राखेको छ ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif