मंगलवार, २६ श्रावण, २०८३

शेखर गोल्छालाई एक करोड धरौटीमा रिहा गर्न आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

शेखर गोल्छालाई एक करोड धरौटीमा रिहा गर्न  आदेश

२०८३ साउन २६, काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ। अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीशद्वय हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक बहसपछि गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

धितोपत्रसम्बन्धी कसूर (इन्साइडर ट्रेडिङ) गरेको आरोप लागेका गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। अदालतको यस आदेशसँगै गोल्छाले तोकिएको धरौटी बुझाएर तारेखमा रहेर मुद्दा लड्न पाउने भएका छन्।

advertisement_1676998982.gif