राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २५ चैत्र, २०८२
२०८२ चैत्र २५ , काठमाडौं। यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको छ। विभागले इन्धनको मूल्य वृद्धि र अन्य १३ वटा सूचकहरूलाई आधार मानी 'वैज्ञानिक भाडा समायोजन प्रणाली' अनुसार स्वचालित रूपमा नयाँ भाडादर लागू गरेको हो।विभागद्वारा जारी सूचना अनुसार, नयाँ भाडादर यस प्रकार कायम गरिएको छ।
साविकको भाडादरमा १६.७१ प्रतिशतले वृद्धि।पहाडी बाटोमा चल्ने मालवाहक सवारी: साविकको भाडादरमा २१.६८ प्रतिशतले वृद्धि।तराईको बाटोमा चल्ने मालवाहक सवारी: साविकको भाडादरमा १५.७५ प्रतिशतले वृद्धि।
विभागका अनुसार इन्धनको बजार मूल्यमा हुने उतारचढाव र सवारी साधनका अन्य खर्चहरू (जस्तै: टायर, लुब्रिकेन्ट्स, कर, र मर्मत खर्च) का १३ सूचकहरूलाई आधार मानेर यो समायोजन गरिएको हो।
स्वचालित प्रणाली अन्तर्गत इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएमा विभागले भाडा समायोजन गर्ने गर्दछ।यो नयाँ भाडादर दुई वा दुईभन्दा बढी प्रदेश भई चल्ने लामो दूरीका सवारी साधनको हकमा मात्र लागू हुनेछ।
स्थानीय रुटमा चल्ने सवारी साधनको भाडा भने सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले निर्धारण गर्ने व्यवस्था छ।