बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

प्रधानमन्त्री को भारत भ्रमण:केहि सम्झौताहरु भए। ईपीजी रिपोर्ट,हवाई रुट तथा पञ्चेश्वर परियोजनामा सहमति हुन सकेन।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १८ जेष्ठ, २०८०

प्रधानमन्त्री को भारत भ्रमण:केहि सम्झौताहरु भए। ईपीजी रिपोर्ट,हवाई रुट तथा पञ्चेश्वर परियोजनामा सहमति हुन सकेन।

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को भारत भ्रमणका क्रममा महत्वपूर्ण र सबैको ध्यान केन्द्रित  रहेको हवाई रुट विस्तार,इपिजी व्यक्ति समूहको (ईपीजी)  रिपोर्टबारे र पञ्चेश्वर बहुद्देश्यीय परियोजनामा कुनै सहमति हुन सकेन । नेपालको मुख्य एजेन्डामा रहेका यी विषयमा भारत सहमतिमा आउन नसकेपछि अन्य ७ वटा विषयमा मात्र सम्झौता भयो ।नेपालले महेन्द्रनगरबाट हवाई रुट मागेको थियो ।

'नेपालले थप एयर रुटका लागि पनि आग्रह गरेको थियो  तर यसमा ठोस सहमति भएन ।  भैरहवालगायतका विमानस्थलबाट भारतका नजिकका सहरमा जाने एटीआर उडानका लागि भारत सरकार सकारात्मक भएको बताए पनि यो विषय सहमतिका रूपमा भने आएन । नेपाल भारत दुइ सरकारसँग भएको सात वटा सम्झौतामा पनि  यो विषय छैन । त्यस्तै पञ्चेश्वर परियोजनाको पनि टुंगो लगाउनुपर्ने माग थियो ।त्यसमा पनि भारत सकारात्मक भएको देखिएन।

त्यस्तै इपिजी व्यक्ति समूहको (ईपीजी)  रिपोर्टबारे कुनै कुराकानी नभएको अधिकारिहरुले बताएका छन्। 
प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार सम्मेलनमा को अवसरमा  मन्तव्य राख्ने क्रममा यी विषयमा भारत सकारात्मक रहेको बताएका थिए  । पञ्चेश्वरको परियोजनाका लागि तीन महिनामा डीपीआर तयार गर्ने दुवै देशका अधिकारीहरुलाई निर्देशन दिइएको बताइएको छ । ३ महिनाभित्र पञ्चेश्वरको डीपीआरको टुंगो लगाएर एक वर्षभित्र लगानीको प्रारुप टुंग्याउने सहमति भएको बताएका छन् ।

नेपालले एस अघिका भ्रमण हरुमा पनि यो बिषय उठाउदै आएको बिषय हो तर एस बिषयमा अहिले सम्म भारत सकारात्मक हुन सकेको छैन। पानी बाँडफाँट, उपयोग र मूल्य, आयोजनामा दुई देशले गर्ने लगानी, बिजुली उत्पादन क्षमता, सिँचाइ, बाढी नियन्त्रण लगायत विषयहरुमा अन्योलता रहेको छ। 

आज नेपाल र भारत बीच भएका सम्झौता हरु यस प्रकार रहेका छन्।  

  • नेपाल र भारतबीचको व्यापार सन्धी नवीकरण।
  • अमलेखगञ्ज-चितवन र सिलुगढी-झापा पेट्रोलियम प्रसारण लाइनको एमओयू।
  • नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्यको सम्झौता।
  • चाँदनी दोधारामा एकीकृत जाँच पोष्ट निर्माण सम्झौता।
  • फुकोट कर्णाली जलविद्युत परियोजना विकास सम्झौता।
  • तल्लो अरूण जलविद्युत परियोजना विकास सम्झौता।
  • भारत र नेपालबीच अन्तरदेशीय भुक्तानी सम्झौता।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg