बिहीबार, १० बैशाख, २०८३

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

२०८३ बैशाख १०, काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत १६ औँ बैठक आज पनि बस्ने भएको छ । 

बैठक बिहीबार बिहान ११:३० बजे बस्नेछ । बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकालले दिने कार्यसूची उल्लेख छ ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले‘ जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ पेस गर्ने गर्नेछ ।

त्यसैगरी, सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली सार्कीले‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’ सभामा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

advertisement_1680627706.gif