राष्ट्रिय सन्देश संबाददाता, ४२ मिनेट पहिले
२०८३ भदौ १७ धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरोबाट प्रभावित धादिङको गल्छी र नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न स्थानको अवलोकन गरेका छन्।
अध्यक्ष ओलीले बाढीपहिरोबाट बढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय अवस्था र प्रभावित नागरिकको समस्याबारे जानकारी लिएका हुन् ।
उक्त क्षेत्रमा एमाले सम्बद्ध जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र प्रवासी नेपाली मञ्च (ओएनएफ) लगायतका टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन् ।
धादिङको अवलोकनपश्चात उनले नुवाकोटको बेलकोटगढी नगरपालिकाका केही प्रभावित स्थानहरूको समेत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले बाढी र पहिरोले पुर्याएको भौतिक क्षति र राहत वितरणको अवस्थाबारे जानकारी लिएका छन् ।