आईतवार, १५ चैत्र, २०८२

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

२०८२ चैत्र १५, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि १० दिनको थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरिएको छ ।

सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा निवेदन पेश गरिएको सहन्यायाधिवक्ता एवं कार्यालय प्रमुख रामहरि शर्माले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले  १० दिन म्याद थपका लागि दुवै जनालाई अदालतमा पेस गरिएको बताए । उता लेखक र ओली पक्षका वकिलहरूले भने उनीहरूलाई थुनामा नराख्न न्यायाधीशसमक्ष माग गरेका छन् ।

शनिबार भक्तपुरको कटुन्जेबाट पक्राउ परेका लेखकलाई सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको छ । ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको छ । 

ओली र लेखकको म्याद थप बारे  जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा बहस भखरमात्र सकिएको बताइएको छ । केहीबेरमा म्‍याद थपको निवेदनमाथि इजलासले निर्णय सुनाउने बताइएको छ ।

advertisement_1676551694.gif