राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८२ चैत्र १५, काठमाडौं । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका छन् । उनी आइतबार विहान अदालत पुगेका हुन् ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेले मुद्दा चलिरहेको छ । सोही मुद्दामा उनले आज तारेख बुझेको बताइएको छ ।
उता, उनको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई हुने र आजै फैसला आउने भनिएको छ ।
यो मुद्दा न्यायाधीश विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा परेको छ ।