राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ बैशाख १५, काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह-सचिव निर्मल ढकाललाई नियुक्त गरेको छ ।
विभागमा रिक्त रहेको नेतृत्वदायी भूमिकाका लागि मन्त्रालयले ढकाललाई उपयुक्त पात्रका रूपमा छनोट गर्दै महानिर्देशकको कमान्ड नियुक्त निर्णय गरेको हो ।
यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत रहिसकेका हुनाले ढकाललाई विभागको आन्तरिक कार्यप्रणाली र सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी एवं प्राविधिक जटिलताहरूको बारेमा गहिरो ज्ञान छ ।
विभागकै अनुभवी अधिकारीले नेतृत्व पाउँदा विचाराधीन रहेका अनुसन्धानका फाइलहरूलाई अगाडि बढाउन र विभागको कार्यसम्पादनलाई थप गति दिन सहज हुने अपेक्षा अर्थ मन्त्रालयले लिएको छ ।