राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ बैशाख १५, काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।
बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ ।
संसद् अधिवेशन आह्वान गरेको भोलिपल्ट नै अधिवेशन स्थगित गरेको सरकारले अध्यादेश ल्याएको हो ।
बैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकोमा बैशाख ९ गते राष्ट्रपति पौडेलले बैशाख १७ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेका थिए । तर, बैशाख १० गते नै सरकारले अधिवेशन स्थगनका लागि सिफारिस गरेको थियो ।
सोहीअनुसार राष्ट्रपतिको कार्यालयले अधिवेशन स्थगनको सूचना जारी गरेको थियो ।