मंगलवार, १७ असार, २०८२

आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २९ फाल्गुन, २०८१

आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

२९ फागुन २०८१, काठमाडौँ । आज फागु पुर्णिमा नेपालका पहाडी भेगमा फागु पर्व अर्थात होलि पर्व भव्यताका साथ मनाइदै छ । काठमाडौँ लगायत पहाडी भेगमा बिहानै देखि एक आपसमा रंग लगाएर फागु खेल्न शुरु भैसकेको छ । परम्परा भिन्दै भए पनि अहिले खासगरी युवा युवतीहरु एक आपसमा सेतो कपडामा तयार भएर भिन्न सप्तरंगी रंग ले एक अर्कालाई लगाइदिएर रमाइलो संग मनाउने चलन रहेको छ।पानि तथा रंग बाट साथीहरुबीच रंग छ्याप्ने अनि रमाइलो गर्ने चलन रहेको छ । होलि पर्व नेपालका तराई भेगमा भोलि मनाइदै छ पुर्णिमाको भोलि पल्ट तराई भेगमा पहिले देखि नै मनाउने गरिएको हो । 

होलि नेपालका भिभिन्न भेगमा आ-आफ्नै तरिकाले मनाउने चलन रहेको छ । धेरै जसो एक अर्कालाई रंग लगेर मनाउने चलन रहे पनि काठमाडौँ मा प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागुपर्व सुरु हुन्छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर विधिवत् रूपमा होलीको सुरुवात हुन्छ  । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । 

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली  खेल्ने परम्परा चलेको मानिन्छ ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ ।

त्‍यस्तै पहाडी शहर पाल्पामा फागु अर्थात होलि खेल्ने अन्य भन्दा भिन्दै किसिमको छ । त्यहाँ सबै जना जम्मा भएर टेम्का, ढोलक, बासुरी ,मादल लगाएतका बाद्य बादन सहित उपस्थिति भएर फागु खेल्दै घर घर जाने चलन रहेको छ । रंग लगाएर फागु  गीत गाउदै सबै गाउ तथा शहरका घर घरमा पुगेर फागु खेल्ने गरिन्छ । यसरी घर घर आउने हरुलाई पैसा तथा खानेकुरा दिने चलन रहेको छ । यस्ता गीता हरु भजन शैली का हुन्छन । खास गरि भगवान श्री कृष्ण का लिलाहरु का बिषयमा फागु गीत गाइन्‍छ ।

होलीको संस्कृति

होली पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने चाड हो । धार्मिक कथनअनुसार त्रेता युगमा हिरण्यकश्यपु नामक एक राक्षसलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । उनको छोरा प्रह्लाद विष्णुका परम भक्त भएकाले उनलाई मार्ने योजना बनाएका थिए । उनको बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसीयाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।

पाल्‍पाको विभिन्‍न स्‍थानमा नॉंचिदै आएको फागु नॉचको भिडियो हेर्नुहोस् 

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif