मंगलवार, १७ असार, २०८२

आज देखि गाइजात्रा पर्व शुरु। विभिन्न स्थानमा भब्य रुपमा मनाइदै।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १४ भाद्र, २०८०

आज देखि गाइजात्रा पर्व शुरु। विभिन्न स्थानमा भब्य रुपमा मनाइदै।

काठमाडौँ। आज बिहानैदेखि यस वर्षको गाईजात्रा पर्व सुरू भएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा गत वर्षदेखि पुन: भव्यरूपमा मनाइन थालिएको हो । काठमाडौँ ,ललितपुर ,भक्तपुर ,पाल्पा ,लगाएत धेरै स्थानहरुमा गाइ जात्रा मनाउने चलन रहेको छ। खास गरि नेवार समुदायहरुको बस्ति रहेको स्थानहरुमा गाइ जात्रा बिशेष रुपमा मनाउने गरिन्छ। 

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व भक्तपुरमा आज बिहानैदेखि मनाउन थालिएको छ । विभिन्न स्थानमा  नेवार समुदायमा मृतकका परिवारले आज बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइञ्छ ।गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी नाच, माक प्याख नाच भएकाले गाईजात्रा हेर्न  विभिन्न क्षेत्रका नागरिक जात्रा देखाउने स्थान सम्म आउने गर्दछन् ।

आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ।  गाइ जात्राको अवसरमा स्थानिय बिदा दिने चलन रहेको ।  जनै पुर्णिमाको अर्को दिन पर्ने यो पर्व यस वर्षा पनि जनै पुर्निमाकै दिन पर्न गएको छ।  विभिन्न स्थानमा त्यहाको स्थानिय परम्परा अनुसार गाइ जात्रा देखाउने चलन रहेको छ। एक वर्षा भित्र  दिवङ्गत  भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्ष यसै दिन यो पर्व मनाउने गरिन्छ।  

त्यस्तै गाइ जात्रा लाइ व्यंग्य गर्ने पर्वको रुपमा पनि मनाउने गरिन्छ।  हास्य कलाकारहरुले व्यंग्यात्मक शैलीमा विभिन्न प्रहसन ,कविता गरेर यो पर्वलाई भब्य रुपमा मनाउने गरिन्छ।  राजनीतिक,तथा सामाजिक रुपमा रहेका बिकृति र विसंगति हरुलाई यस अवसरमा  व्यंग्य गर्ने चलन रहेको छ। 

 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif