राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २ बैशाख, २०८१
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र कोर्न सुरू गरेको छ। महानगरपालिकाले ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा चित्रलेखन सुरु गरेको हो । सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो। यस विषयमा १७ फागुन २०८० मा महानगर र प्रतिष्ठानबीच सम्झौता भएको थियो ।
अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तरराष्ट्रिय बिमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्र कोरिनेछन् ।
चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तरराष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा विम्बित हुने चित्र कोरिनेछन् ।
दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तरराष्ट्रिय बिमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्र कोरिनेछन् ।
चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तरराष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा विम्बित हुने चित्र कोरिनेछन् ।
मौलिकताका लागि कोरिने चित्रहरुमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभुषा, बादन, काठमाडौं चिनिने भौतिक सम्पदा हुनेछन् ।
यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ। चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोष्टर वा कागज नटाँस्ने, चित्रसँग तस्विर खिच्दा नटाँसिइ अलग्गे खिन्न, अन्य कुनै बस्तुले नलेखे जस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा हो।
यी चित्रहरुले काठमाडौंलाई चिनाउँछन् । यसले काठमाडौंका सम्पदाको भव्यता प्रदर्शन गरेको छ ।
काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र कोर्न सुरू गरेको छ। महानगरपालिकाले ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा चित्रलेखन सुरु गरेको हो । सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो। यस विषयमा १७ फागुन २०८० मा महानगर र प्रतिष्ठानबीच सम्झौता भएको थियो ।