मंगलवार, ५ कार्तिक, २०८२

तरवार नचाउँदै सराए नाच्‍दै यस वर्षको विजयादशमी बिदाई

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ११ कार्तिक, २०८०

तरवार नचाउँदै सराए नाच्‍दै यस वर्षको विजयादशमी बिदाई

पाल्‍पा। आज विजयादशमीको अन्तिम दिन कोजाग्रत पूार्णिमा। सराए नाच विजयादशमीको कोजाग्रत पूर्णिमाको अवसरमा पश्चिम नेपालका केहि भागमा नाचिने सांस्कृतीक तथा मनोरन्जनात्मक नाच हो । पञ्चे वाजाको तालमा वाख्यै खेल्दै सराए नाच्दै तरवार नचाउदै २०८० को दशैलाई विदाई गरेका हुन् । सराए नाँचको साथमा युवाहरुले सामुहिक र एकल रुपमा यसरी तरवार नचाएका थिए ।

पन्चेबाजासहित मन्दिरमा चढाएका चोंवर, खुकुरी, तरबार र खुँडालाई नचाउँदै एकापसमा जोडिएर खेलिने यो नाचमा-‘वाखै’ भन्दा छुट्टिने र ‘ह’ भन्दा ढाड जोड्ने गरिन्छ । बिजय यात्राको रुपमा लस्करै दुई लाईन बनाएर नाचिने यो नाच- चोँवर, तरबार र खुँडा बोकेर नाच्‍ने गरिन्‍छ। हिन्दु साँस्कृतिक संस्कृतिको जगेर्ना पनि सबै समुदायको बीचमा धार्मिक र जातीय सद्भाव कायम गरि भाइचाराको सम्बन्ध विस्तार गर्न सराए नाच नाच्ने । साराएँ महिला, पुरुष मात्र नभई सबै जाति एकै नचिने नाच हो ।

युद्धकलासंग सम्वन्धित सराएँ नाच हेर्नका लागि छिमेकी जिल्ला रूपन्‍देही, अर्घाखांची गुल्मी लगायतका क्षेत्रमा आज सराए नाचेर धुमधामका साथ मनाइएको छ । नेपालीको रितिरिवाज सस्कृतिको जर्गना गर्ने उद्देश्यका साथमा सराय नाच बिगत देखिनै निकालिंदै आएको तानसेन नगरपालिका 11 सम्‍मोबारी स्थित लिपिन्‍देवी मन्द्रिर ब्यबस्थापन समितिका अध्‍यक्ष शेर बहादुर खातीले बताए।

देवी भगवतीले तरवारको प्रयोगबाट राक्षसहरुको बध गरी विजय प्राप्त गरेको सम्झनामा गाउँ–गाउँका देवी भगवतीको मन्दिरहरुमा सराए नाँच संगै वाख्खै र तरवार नाँच देखाउने परम्परा चल्दै आएको छ । तरवार नचाएर युवाहरुले परम्पराको जर्गेना गर्दै आफनो शरिरको प्रतिरक्षा गर्न उपयोग गर्दै आएका छन् ।

विजया दशमीको अन्तिम दिन कोज्रागज पुर्णिमा आज पाल्पाको विभिन्न स्थान दशै घर अर्थात शक्तिपिठहरूमा विशेष पुजाआजाका साथै सराए नॉंच पञ्चेबाजा गाजाका साथ मन्दिर परिक्रमा गरि दशै अर्थात बडा दशैलाई फुलपाती टिका जमारा सहित दुर्गा पूजा गरेर कुविन्डो काटेर पुजा बिसर्जन गर्ने चलन रहेको छ।

advertisement_1676998982.gif