शनिबार, १ कार्तिक, २०८३

एमालेद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

एमालेद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

२०८३ असोज ३० जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ । प्रदेश प्रमुख प्रा.डा.सुरेन्द्रलाभ कर्णसमक्ष सरकारलाई नेकपा एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू सहितको प्रतिनिधिमण्डलले आज मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टीका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिएका हुन्।

विगतमा नेकपा एमालेसँग भएको १५ बुँदे सहमतिअनुसार सरकारले काम नगरेको भन्दै समर्थन फिर्ता लिएको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।

एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी निवर्तमान खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले मुख्यमन्त्रीले विगतमा भएको सहमतिअनुसार काम नगरेकाले समर्थन फिर्ता लिएको जानकारी दिए ।

यसअघि, एमालेका तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा दिएका थ्रिए।

राजीनामा दिनेमा भौतिक पूर्वाधार मन्त्री मो.समीर, खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्मा, श्रम तथा यातायात मन्त्री शारदा देवी थापा र शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह रहेका छन् ।

advertisement_1680627680.gif