शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

तत्काल किसानहरु काे अनुदान रकम र ६५१ रुपैया प्रति क्विन्टल मुल्य निर्धारण गर्नुपर्ने माग

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ कार्तिक, २०८०

तत्काल किसानहरु काे अनुदान रकम र ६५१ रुपैया प्रति क्विन्टल मुल्य निर्धारण गर्नुपर्ने माग

नन्दु यादव, नवलपरासी। किसानहरुकाे बक्याैता रकम र ०८०/८१काे लागि नया रु ६५१रुपैयालप्रतिक्विन्टल मूल्य निर्धारण गरिनुपर्ने नेपाल उखु उत्पादक महासघ लुम्बिनी प्रदेश कार्यालय ले सरकार र मिल संचालकहरुसँग माग गरेकाे छ ।

उखु बाली लाई नेपाल सरकारले २०७२ सालमा नै राष्ट्रिय बालीमा रुपमा सुचिकृत गरिसकेको भएतापनि किसानहरूको जायज मागहरु समयमै पुरा गर्न नसकेको प्रति देशभरी का किसानहरुमा व्यापक नैरश्यता उत्पन्न भएको छ। बर्तमान परिबेशका सन्दर्भमा ०७९/८०काे क्रसिङ सिजनमा नेपाल सरकारले समर्थन मूल्य निर्धारण गर्न नसक्दा ०८०/८१ काे क्रसिङ सिजन सुरु हुने समय आरम्भ हुन लाग्दा सम्म पनि चिनि मिल संचालकहरुले दिनुपर्ने रु २० प्रति क्विन्टल र नेपाल सरकारले उपलब्ध गराएकाे ७०रुपैया प्रति क्विन्टल अनुदान रकम अहिले सम्म उखु किसानहरुले प्राप्त गर्न नसक्नुुले देशै भरि उखु उत्पादनमा कमि हुदा चिनीमा ह्रास आएकाे छ ।

आज बुधबार उखु उत्पादक महासघ लुम्बिनी प्रदेशका सयाेजक उमेशचन्द्र यादव द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जारी गर्दै मंसिरको पहिलो हप्ताभित्र यसवर्षको समर्थन मूल्य किसानको उत्पादन लागत र चिनीको वर्तमान बजार मूल्यलाई दृष्टिगत गरी कम्तीमा ६५१ रुपैया प्रति क्विन्टल मूल्य निर्धारण गरिनुपर्ने माग गरिएकाे छ साथै बाकि २०रुपैया प्रतिक्वीन्टल र ७०रुपैया अनुदान रकम उपलब्ध गराउन पर्ने सराेकावालासग माग गरिएकाे सयाेजक उमेशचन्द्र यादवले जानकारी लिनु भयाे।अन्यथा किसानहरुकाे समस्या लाई मध्ययनजर गर्दै सडक संघर्षमा जानुपर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र चिनी उद्योगले नै बेहोर्नु पर्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg