शुक्रबार, २९ श्रावण, २०८३

बाजुरामा पहिरोले घर पुरिँदा दुई जना घाइते एक जना बेपत्ता

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

बाजुरामा पहिरोले घर पुरिँदा दुई जना घाइते एक जना बेपत्ता

२०८३ साउन २९, बाजुरा । बाजुरा त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । त्यस्तै पहिरोले दुई घरमा क्षति पुगेको छ। बेलुकीदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो आएको हो ।

त्रिवेणी नगरपालिका–९ ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोमा परी क्षति भएको तथा सोही घरपरिवारका दुई जना सामान्य घाइते भएको र एक जना बेपत्ता रहेका छन ।

त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाइ भइरहेको छ ।

उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएको छ ।

advertisement_1676998982.gif